भरतपुर,१४ चैत।
माडी–९ कुसुमखोलामा चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले सुकुम्बासी बस्तीको घर जलाएको घटनाको नेकपा एमाले चितवनले भत्र्सना गरेको छ ।
एमाले चितवनले सोमबार प्रेष विज्ञप्ती जारी भूमिहीन सुकुमवासीहरुको घरमा मूल मान्छे नभएको मौकामा आगजनी गरी घरभित्र भएका अन्नपात तथा लत्ताकपडासमेत झिक्न नपाई नष्ट गरेको भन्दै भत्सर्ना गरेको हो । एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘संविधानले प्रदत्त गरेको नेपाली नागरिकले पाउने आधारभूत आवश्यकता गास, बास र कपासको व्यवस्थालाई कुल्चिई निकुन्जको क्षेत्र खाली गराउने निहुँमा भूमिहीन सुकुमबासीहरुलाई उचित स्थानको पहिचान गरी व्यवस्थापन गर्नुपर्ने ठाउँमा एक्कासि गरिएको यसखालको अमानवीय कार्यको नेकपा एमाले चितवन घोर विरोध गर्दछ ।’
यस्तै विज्ञतीमा आगजनीबाट नष्ट भएका दारपात, अन्नपात तथा लत्ताकपडाको उचित क्षतिपूर्तिको तत्काल व्यवस्था गर्न माग गरेको छ ।




