काठमाडौं, १२ पुस ।
नेपाली कांग्रेसले जिल्ला अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाहरुमा पुष २७ गते अधिवेशन गर्ने भएको छ । केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले बाँकी रहेका जिल्लाहरुमा पुष २७ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।
चितवन सहित सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, बाँके, कैलाली, अछाम र नवलपुर लगायतका १६ जिल्ला कांग्रेसको जिल्ला अधिवेशन भएको छैन । क्रियाशिल सदस्यता विवादका कारण ती जिल्लाहरुमा अधिवेशन हुन नसकेको हो ।





