राप्तीमा ३ दिने सचेतना कार्यक्रम सम्पन्न

राप्ती, ११ पुस ।
राप्ती नगरपालिकामा प्रदेश युवा परिषद् बागमती प्रदेशद्वारा आयोजित सचेतना कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार, शनिबार र आइतबार गरि तीन दिन कार्यक्रम चलेको थियो । सचेतना कार्यक्रम चेलीबेटी बेचबिखन, महिला हिंसा, जातिय तथा लैंगिक विभेद र सुशासन सम्बन्धि रहेको थियो ।

तीन दिनको कार्यक्रममा राप्ती नगरपालिकाकी प्रशासन अधिकृत शारदादेवी शर्मा, रत्ननगर नगरपालिकाकी प्रशासन अधिकृत गृष्मा शर्मा र ईलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख राजीव गिरीले प्रशिक्षण दिएका थिए । शर्माले सुशासन सम्बन्धि र गिरीले साइबर क्राइम बारेमा प्रशिक्षण दिएको कार्यक्रम संयोजक केदार आचार्यले बताए । कार्यक्रममा जातीय छुवाछुतबारे पनि भिडियो मार्फत जानकारी दिइएको थियो ।

कार्यक्रममा ५६ जना सहभागी थिए । जसमा युवायुवती, कलेज तथा स्कुलका विद्यार्थी, गृहिणीहरु थिए । त्यसभित्र पनि बजरहट्टी आधारभूत विद्यालयमा अध्ययनरत ५ जना कान नसुन्ने विद्यार्थीहरु रहेका थिए ।

कार्यक्रममा राप्ती नगरपालिकाका विभिन्न स्थानबाट सहभागीहरू आएको संयोजक आचार्यले बताए ।

आइतबार समापन कार्यक्रमको प्रमुख अतिथिमा पूर्व प्रदेशमन्त्री दावा दोर्जे लामा रहेका थिए । त्यस्तै विशिष्ट अतिथिहरूमा राप्ती नगरपालिकाकी प्रमुख प्रभा बराल, प्रदेश युवा परिषद् बागमती प्रदेशका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, अतिथिहरुमा राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगाबहादुर भुजेल, बजरहट्टी आधारभूत विद्यालयकी प्रधानाध्यापक तथा सांकेतिक प्रशिक्षक मिठुकुमारी पाठक, त्यस्तै प्रशिक्षकहरु राप्ती नगरपालिका प्रशासन अधिकृत शारदादेवी शर्मा, ईलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख राजीव गिरी रहेका थिए ।

कार्यक्रम संयोजक केदार आचार्यको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण अभियान पाठकले गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले युवाहरुले सिकेको कुरालाई अन्य ठाउँमा प्रयोग गर्नुपर्ने नत्र सिकाईको औचित्य नहुने बताए । त्यस्तै यो किसिमको कार्यक्रमको आवश्यकता रहेको पनि उनले बताए ।

राप्ती नगरपालिकाकी प्रमुख बरालले सिकाइलाई व्यवहारमा उतार्नुपर्ने बताइन् । “हजुरहरुको सिकाई रबरजस्तो नहोस्, तन्कियो तन्कियो अनि फेरि खुम्चियो ।” उनीले भनिन् । “यति धेरै ज्ञान लिनु भइसक्यो, यसलाई व्यवहारमा पनि उतार्नुहोस् ।”

विशिष्ट अतिथि चौलागाईले बागमती प्रदेशका विभिन्न जिल्लाहरूको लागि शिक्षा, स्वास्थ्य, सीपमूलक, लैंगिक हिंसा विरुद्ध, जातिय विभेद सम्बन्धि थुप्रै कार्यक्रमहरु रहेको बताएका छन् । युवाहरुको शिक्षा, सीपमूलक तालिम तथा जागरुकताको लागि चार करोड पच्चीस लाख विनियोजन भएको पनि उनले जानकारी दिए ।

सहभागीहरुले आफूले सिकेको र जानेको बारेमा मन्तव्य राखेका थिए । कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको उनीहरुले बताए । आयोजक संस्थालाई उनीहरुले धन्यवाद पनि व्यक्त गरे ।

प्रदेश युवा परिषद् बागमती प्रदेशद्वारा केहि समय अघि राप्तीमा केदार आचार्यकै संयोजनमा महिलाहरुलाई सैद्धान्तिक र प्रयोगात्मक गरि २ दिने आत्मरक्षा तालिम दिइएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट