रामहरिले ल्याए `स्मृतिका नदीहरू´

गैंडाकोट, १० पुस ।
निबन्धकार रामहरि श्रेष्ठको नियात्रासङ्ग्रह`स्मृतिका नदीहरू´ सार्वजनिक भएको छ । साहित्य सङ्गम चितवनले शनिबार गैंडाकोटमा आयोजना गरेको कार्यक्रममाझ पूर्वमन्त्री रामकुमार श्रेष्ठले पुस्तकको विमोचन गरेका हुन् ।

पुस्तकमा अस्ट्रेलियाका प्रसङ्गहरू धेरै छन् । निबन्धकार श्रेष्ठले अस्ट्रेलिया भ्रमणका क्रममा देखे भोगेका बिषयलाई संकलन गरेर पुस्तकको आकार दिएका छन् । पुस्तक पढ्दा सिंगो अस्ट्रेलिया भ्रमण गरेको अनुभूति मिल्ने वक्ता हेरम्बकुमार श्रेष्ठले बताए।

पुस्तकमा अस्ट्रेलिया सँगसँगै इन्डोनेसियाको महत्त्वपूर्ण पर्यटकीय क्षेत्र बालीको प्रसङ्गलाई पनि लेखक श्रेष्ठले रोचक ढंगले समेटेका छन् ।
अध्ययनका क्रममा अस्ट्रेलियामा रहेका छोराछोरीलाई भेट्न जाँदा निबन्धकार श्रेष्ठले अस्ट्रेलियालाई नजिकबाट नियाल्ने अवसर पाएका थिए । विमोचन कार्यक्रममा बोल्दै कवि भूपिनले लाउरे संस्कार विकसित भएर अहिले नेपालीहरू संसारका सबैजसो मुलुकमा पुगेको बताए । `यहि लाउरे संस्कारले गर्दा विभिन्न मुलुकमा पुग्दा त्यहाँका रीतिरिवाज, भाषा, संस्कार र हावापानीबारे संकलन गरेका टिपोटलाई पुस्तकको रुप दिएर थुप्रै कृतिहरू आएका छन्´ भूपिनले भने – `रामहरिजीले पनि आफ्नो भ्रमणलाई सदुपयोग गर्दै पुस्तक प्रकाशन गर्नुभएकोमा उहाँलाई धन्यवाद दिनुपर्छ ।´ यात्रानिबन्धका किताबहरू सम्बन्धित क्षेत्र र मुलुकका बारेमा चासो राख्नेहरूका लागि पनि अत्यन्तै उपयोगी रहने भूपिनले बताए ।

अर्का समीक्षक डा केशव चालिसेले स्मृतिका नदीहरूमा अस्ट्रेलियाको भूगोल र हावापानीको मात्रै जानकारी नभएर त्यहाँको विकास निर्माण र सूचना प्रविधिको पक्षलाई पनि उतारिएको हुनाले नेपालले पनि त्यसको सिको गर्नुपर्ने सन्देश दिएको बताए । यो पुस्तक अस्ट्रेलिया पुगेकालाई भन्दा नपुगेकालाई अझ बढी उपयोगी हुने चालिसेले बताए ।

पुस्तकलाई लेखककी धर्मपत्नी विद्या श्रेष्ठले प्रकाशन गरेकी हुन् । सम्पूर्ण किताब नारायणगढ वितरक रहेको पुस्तकमा
केहि रंगीन तस्वीरसहित कुल २८४ पृष्ठ छन् । पुस्तकको मूल्य ५०० रुपैयाँ छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट