स्रष्टा समाजद्वारा साहित्यकार त्रिपाठी, सिग्देल र समीरलाई सम्मानको घोषणा

काठमाडौं, ३ पुस ।
नेपाल स्रष्टा समाजले बर्सेनि प्रदान गर्दै आएको पुरस्कार तथा सम्मानको घोषणा गरेको छ ।

समाजले हरेक वर्ष वरिष्ठ सर्जक, समालोचक, लेखकलाई प्रदान गर्दै आएको रमेशगंगा स्रष्टा सम्मान यस वर्ष समालोचक प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त सम्मानका साथ २१ हजार रुपैयाँ १११ नगद राशिसमेत प्रदान गरिने समाजले जनाएको छ ।
समाजले सुभद्रा विश्वराज स्रष्टा सम्मान–२०७८ प्रसिद्ध साहित्यकार डा. भुवनहरि सिग्देललाई प्रदान गर्ने निर्णय गरेको छ । सम्मानका साथ २१ हजार १११ नगद राशिसमेत प्रदान गरिनेछ ।

त्यस्तै, ४० वर्ष ननाघेका प्रभावशाली युवा साहित्यकारलाई प्रदान गरिने प्रसिद्ध कणेल स्मृति राष्ट्रिय युवा स्रष्टा सम्मान–२०७८ स्याङ्जामा रही राष्ट्रिय रूपमा सक्रिय साहित्यकार मिलन समीरलाई प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कारका साथ ११ हजार १११ नगद राशि प्रदान गरिनेछ ।

यी सम्मानहरूबाहेक गत गएको असार २२ गते योगमाया दिवसका अवसरमा अनलाइन कार्यक्रम गरी अर्पण गरिएका दुई सम्मानसमेत प्रत्यक्ष रूपमा सम्मानित व्यक्तिहरूलाई अर्पण गर्ने कार्यक्रम रहेको छ ।

योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान–२०७८ सर्जक तथा नारी आन्दोलनकी अभियन्ता साहित्यकार शान्ता मानवीलाई २५ हजार १११ नगद राशिसहित प्रदान गरिनेछ । योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय स्रष्टा सम्मान–२०७८ योगमायाका योगदान र आदर्शका बारेमा अनुसन्धान तथा लेखनका माध्यमबाट प्रसार गर्ने विशिष्ट साधक प्रा. डा. गोविन्दमानसिंह कार्कीलाई २५ हजार १११ नगद राशिका साथ प्रदान गरिने स्रष्टा समाजका अध्यक्ष विधान आचार्यद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट