टी–ट्‍वान्टी विश्वकपः अस्ट्रेलियाकाे सेमिफाइनल सपना जिवितै

भरतपुर, १८ कात्तिक ।
संयुक्त अरब इमिरेट्स (युएई)मा जारी टि-ट्‍वान्टी विश्वकपमा बंगलादेशको यात्रा समाप्त भएको छ । बिहीबार अस्ट्रेलियासँग आठ विकेटले हारेपछि बंगलादेश समूह चरणबाटै घर फर्कने भएको हो । सुपर १२ को समूह १ मा बंगलादेश पुछारमा छ । बंगलादेशको खातामा पाँच खेलबाट शून्य अंक छ ।

दुबईमा भएको खेलमा बंगलादेश ७३ रनमा अलआउट भएको थियो । दुई दिनअघि दक्षिण अफ्रिकासँगको खेलमा पनि बंगलादेशी ब्याटिङ खराब लयमा थियो । दक्षिण अफ्रिकी टिमले बंगलादेशलाई ८४ रनमा सीमित गरिदिएको थियो ।
बिहीबारको खेलमा तीन बंगलादेशी ब्याट्सम्यानले मात्रै दोहोरो अंक छुए । उसका चार ब्याट्सम्यान त शून्यमै आउट भए । पराजित टिमका लागि शामिन हुसेनले सर्वाधिक १९ रन जोडे भने मोहम्मद नाइम र कप्तान मदमुदुल्लाहको नाममा क्रमशः १७ र १६ रन रह्यो ।

जवाफी ब्याटिङ गरेको अस्ट्रेलियाले ६.२ ओभरमा दुई विकेट गुमाएर ७८ रन बनायो । कप्तान आरोन फिन्चले अस्ट्रेलियाका लागि २० बलमा ४० रन जोडे । अर्का ओपनर डेभिड वारनरको नाममा १८ रन रह्यो भने अविजित मिचेल मार्सले १६ रनको योगदान गरे ।

खेलपछि मदमुदुल्लाहले यो विश्वकपमा बंगलादेशी टिमले आफ्नो स्तर अनुसारको प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिए । ‘हाम्रा लागि यो विश्वकप असाध्यै कठिन रह्यो । आफ्नो स्तर अनुसारको खेल्न सकेनौँ । हामीले आफूलाई प्रमाणित गर्न सकेनौँ ।,’ बंगलादेशका कप्तानको भनाइ थियो ।

बंगलादेशमाथिको जितसँगै अस्ट्रेलिया समूह १ को दोस्रो स्थानमा छ । शीर्षस्थानमो इंग्ल्यान्डभन्दा अस्ट्रेलिया दुई अंकले पछि छ । छ अंक नै बटुलेको दक्षिण अफ्रिका रनरेटका आधारमा तेस्रो स्थानमा छ । अस्ट्रेलियाले समूह चरणको अन्तिम खेलमा शनिबार वेस्ट इन्डिजको सामना गर्दैछ । सेमिफाइनल प्रवेशका लागि अस्ट्रेलियाले वेस्ट इन्डिजलाई हराउनै पर्नेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट