भरतपुरमा विद्युत् सेवा अवरुद्ध, बुधबार पनि दिनभर बत्ती नआउने

भरतपुर, १६ कात्तिक ।
भरतपुर क्षेत्रमा मंगलबार रातभर र बुधबार दिनभर विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार भरतपुरस्थित १३२/३३/११ बसेनी ग्रिड सवस्टेशनको ट्रान्सफर्मरमा समस्या आएका कारण विद्युत अबरुद्ध भएको हो । मंगलबार अपरान्हदेखि नै भरतपुरका विभिन्न क्षेत्रमा विद्युत सेवा अबरुद्ध छ ।

एउटा ट्रान्सफर्मरमा आएको समस्या समाधनका लागि काम हुँदै गर्दा अर्को ट्रान्सफर्मरमा पनि समस्या आएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीव कुमार सिँंहले जानकारी दिए ।

यसअघि ट्रान्सफर्मरको केबल जडानका लागि सोमबार विहान ९ बजेदेखि १ बजेसम्म विद्युत् अवरुद्ध गरिएको थियो । `काम गर्दैगर्दा अर्को ट्रान्सफर्मरमा पनि समस्या आयो´,प्रमुख सिंहले भने,`भोलि बेलुका सम्म पनि मर्मत हुन गाह्रो छ ।´ आज रातभर र भोलि दिनभर भरतपुरमा विद्युत अवरुद्ध हुने निश्चित भएको उnले बताए।

भरतपुर महानगरपालिकाका वडा नं.१ देखि १३ सम्म, २९ नम्वर वडा र देवघाटमासमेत विद्युत अवरुद्ध हुने उनले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट