माडीलाई भगवान रामले मणि बनाउनुहुनेछ : ओली

भरतपुर, १६ कात्तिक ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब भगवान रामले माडीलाई मणि बनाउने बताएका छन् । माडीको अयोध्यापुरीमा राम–सीता मन्दिरमा पूजा गरेपछि मन्दिर परिसरमा गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस क्षेत्रको विकास गर्न भगवान राम स्वयं उपस्थित भएको बताए । उनले माडीको विकासको जिम्मा आफूले लिने पनि बताए ।

उनले माडीमा राम मन्दिर बनेकाले पापी मान्छेहरु होशियार हुनुपर्ने धारणा राखे । माडीमा राममन्दिर बनेकै कारण माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आत्तिएको ओलीको भनाई छ । उनले प्रचण्डप्रति लक्षित गर्दै माडीको विकासका लागि जमानी बसेको मान्छे भागेको आरोप पनि लगाए ।

ओलीले चितवनलाई कुरुक्षेत्र नभइ धार्मिक क्षेत्र बनाउने बताएका छन् ।मंगलबार माडीमा आयोजित एमालेको कार्यक्रममा ओलीले चितवनलाई कुरुक्षेत्र बनाउने हिम्मत नगर्न प्रचण्डलाई चेतावनी समेत दिएका छन् ।

केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी चुनावमा चितवन कुरुक्षेत्र बन्ने बताएका थिए । ‘कुरुक्षेत्र किन बनाउने ?,’ ओलीले भने, ‘प्रचण्डले पहिलेकै बैंस सम्झेर कुरुक्षेत्र बनाउने भनेका होलान् । अब कुरुक्षेत्र होइन, यहाँ धर्मक्षेत्र हुन्छ । विकास, शान्ति र एकताको क्षेत्र हुन्छ ।’ ओलीले प्रचण्डको उक्त भनाइ चितवनमा अयोध्याधाम बन्न लागेर आएको दाबी गरे । उनले अयोध्याधाम बन्यो भने माडीको विकास हुन्छ भनेर केही मान्छे आत्तिएको बताए ।

ओलीले जसले युद्ध चाहन्छ त्यसले हार्ने बताए । ‘कुरुक्षेत्रै बनाउन खोजेको हो भने म भन्न चाहन्छु, कौरवहरूले जितेका थिएनन्, पाण्डवहरूले जितेका थिए । जसले युद्ध खोज्छ उसले हार्छ,’ उनले भने । ओलीले आफूलाई विकाससँग चासो भएको बताए। ओलीले अब माडी क्षेत्रमा पर्यटक बढ्ने समेत बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट