एमालेलाई सशक्त बनाउन मेरो उम्मेदवारी : प्रह्लाद प्रधान

भरतपुर, १४ कात्तिक ।
नेकपा एमाले भरतपुर महानगरको अध्यक्षका लागि प्रह्लाद प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । प्रधानले सोमबार हुने अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् ।

उनले एमालेलाई सबैभन्दा बलियो र सशक्त बनाउनका लागि आफुले उम्मेदवारी दिएको बताएका छन् । महानगर अध्यक्षमा चयन भए आगामी तीनै तहको निर्वाचनमा पार्टीलाई मजबुद बनाउँदै विजयी गराउनका लागि महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ ।

पार्टीलाई वडा तहदेखि नै मजबुद बनाउनका लागि अध्यक्षमा उम्मेदवारी दिएको समेत उनले बताए । “पार्टीलाई वडा तहदेखि नै मजबुद र एक बनाउन मैले उम्मेदवारी घोषणा गरेको हुँ । बिगत दस वर्षदेखि विद्यार्थीदेखि विभिन्न भातृसंगठनलाई एक ढिक्का बनाएर अघि बढेको अनुभव समेट्दै पार्टीलाई बलियो बनाउनतर्फ लाग्छु, उनले भने- `आगामी तीनै तहको निर्वाचनमा एमालेलाई बलियो पार्टी बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछु ।´

उनले अधिवेशनमार्फत पार्टीले आफ्नो उचित मूल्याङ्कन गर्ने विश्वास समेत व्यक्त गरेका छन् । राष्ट्रिय युवा संघ नेपालकाे पुनर्गठित केन्द्रीय कमिटी अन्तर्गत लेखा आयोगका उपप्रमुख तथा जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष रहेका प्रधानले २०५० सालदेखि वीरेन्द्र बहुमुखी क्याम्पसबाट अखिलको राजनीतिक यात्रा सुरू गरेका थिए ।

उनी २०५१ सालमा अखिल संयुक्तबाट उपाध्यक्ष पदमा उठेका थिए । २०५४ सालमा अखिलको जिल्ला कमिटीबाट उनी राजनीतिक यात्रामा सशक्त रुपमा अघि बढेका थिए ।

विगतमा राष्ट्रिय युवा संघ नेपाल चितवनकाे अध्यक्ष, बुटवलमा सम्पन्न युवा संघकाे राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य तथा चितवन जिल्ला ईन्चार्जकाे भूमिका प्रधानले निर्वाह गरिसकेका छन् । करिब २८ वर्षदेखि एमालेकाे फरकफरक भातृ संगठनमा आवद्ध रहेर आफ्नो राजनीतिक यात्रालाई अगाडि बढाएका प्रधान युवामाझ लोकप्रिय नेतामा पर्ने गर्दछन् ।

राजनीतिसँगै उनी सामाजिक कार्यहरुमा पनि उत्तिकै सक्रिय छन् । उनी लियो क्लब अफ नारायणगढ वर्ष २००६-०७ का अध्यक्ष हुन् भने २००९ मा नारायणगढ जेसिजको अध्यक्षको रुपमा पनि उनले काम गरेका थिए । नेकपा एमाले भरतपुरको प्रथम अधिवेशन सोमबार हाकिमचोकस्थित चितवन मिड टाउन रिसोर्ट (पुरानो स्टार ब्याङ्क्वेट) मा हुँदैछ । अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट