भरतपुर, १४ कात्तिक ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा अर्ली इलेक्स नहुने बताएका छन् ।
संसद, सरकार र अदालतमा समेत तनाव चुलिइरहेका बेला पौडेलले जनकपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कांग्रेस नेतृत्वको यो सरकारले पूरा कार्यकाल काम गर्ने बताए ।
‘हामी अर्ली इलेक्सनको तयारीमा छैनौँ । अहिले अर्ली इलेक्सनको कुरै छैन’, उनले भने, ‘यही सरकारले पूरा कार्यकाल बिताउँछ ।’
उनले अहिले देशको अवस्था ठीक नभएको पनि बताए । ‘अहिले देशको परिस्थिति सहज छैन । संसद राम्रोसँग चल्न पाएको छैन’, उनले भने, ‘अदालतमा पनि तनाव छ ।
लोकतन्त्रका संस्थाहरु एक एक गरेर कमजोर भएका छन् ।





