प्रधानन्यायाधीशको राजीनामा मागिएको छैन : नेपाल बार

भरतपुर, ६ कात्तिक ।
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको विषयमा बारमा कुनै छलफल नभएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै बारका अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने वा नमाग्ने भन्ने विषयमा कुनै छलफल नभएको प्रस्ट्याएका हुन् ।

पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीशको राजीनामा मागेको वक्तव्यबारे पनि आफूहरुलाई औपचारिक जानकारी नआएको उनले बताए ।

भागबण्डाका आधारमा न्यायाधीश नियुक्त गर्ने काम गरिएकाले त्यसको दुष्परिणाम न्यायालय आफैँले भोग्नुपर्ने अवस्था आएको उनको भनाइ थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट