नाइजेरियामा ३० बालबालिका अपहरित

एजेन्सी । नाइजेरियामा कम्तीमा पनि ३० जना बालबालिका अपहरणमा परेका छन् ।

नाइजेरियाको उत्तरपश्चिमी क्षेत्र केबीको एक विद्यालयबाट बोको हरामले ती बालबालिकालाई अपहरण गरी लगेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

विद्यालयबाटै ती बालबालिकालाई अपहरण गरिएको हो । प्रहरीका अनुसार सो विद्यालयबाट यसअघि पनि केही बालबालिका अपहरणमा परेका थिए ।

नाइजेरियामा सशस्त्र विद्रोह गरिरहेको बोको हराम समूहले ती बालबालिका अपहरण गरी लगेका अधिकारीहरुले जनाएका छन् । यद्यपि सो समूहले भने अपहरणको जिम्मेवारी लिएको छैन ।

नाइजेरियामा यसअघि पनि बोको हराम समूहले बालबालिकालाई विद्यालयबाट नै अपहरण गरी लग्ने गरेकाले पछिल्लो घटनामा पनि सोही समूहको हात रहेको अनुमान सरकारी अधिकारीको छ ।

नाइजेरियामा सशस्त्र विद्रोह गरिरहेको बोको हराम समूहले विद्यालयबाट नै जबर्जस्त बालबालिकालाई अपहरण गरी लैजाने र आफ्नो विद्रोही समूहमा भर्ना गर्ने गरेको छ । प्रहरी अधिकारीले अपहरणमा परेका बालबालिकाको खोजी कार्य सुरु गरिएको जनाएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट