नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

भरतपुर, २७ असोज ।
फरवार्ड अञ्जन विष्टको पेनाल्टी गोलमा नेपालले साफ च्याम्पियनसिप २०२१ को अन्तिम लिग खेलमा बंगलादेशसँग बराबरी गरेको छ । योसँगै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

८६ औं मिनेटमा अञ्जनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । त्यसअघि सुमन रेजाको गोलमा बंगलादेशले अग्रता लिएको थियो । मालेस्थित राष्ट्रिय रंगशालामा बंगलादेशसँग लिग चरणको अन्तिम खेलमा ११ को बराबरीमा सकिएपछि नेपाल इतिहासमै पहिलोपटक फाइनल प्रवेश गर्न सफल भएको हो ।

बंगलादेशसँग बराबरी खेले पनि नेपालको ४ खेलमा ७ अंक भएको छ। बंगलादेश ४ खेलमा ५ अंक जोड्दै लिग चरणबाटै बाहिरिएको छ । आज दोस्रो खेलमा माल्दिभ्स र भारतबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको विजेताले फाइनलमा स्थान बनाउनेछ । बराबरी भएमा माल्दिभ्स फाइनलमा पुग्नेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट