दशैँका लागि घर फर्कने बढे

भरतपुर, २७ असोज ।

कोरोना भाइरस महामारी सुरु भएयता गत वर्षको तुलनामा यस पटकको दशैँमा यात्रु तथा यात्रुवाहक सवारीसाधनहरूको आवागमन बढेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले पोहोरको तुलनामा यस पटक राजमार्गमा सवारीसाधनको चाप बढेको बताएको हो ।
“नदीजन्य सामग्रीको उत्खननमा प्रतिबन्ध लगाइएकाले निर्माण सामग्री बोकेका मालवाहक गाडी हिँडेका छैनन्”, ट्राफिक प्रहरी निरीक्षक भगवान् राज थापाले भने, “यात्रुवाहक ठूला र साना सवारीसाधनको चाप भने बढेको देखिएको छ । निजी सवारीसाधनमा आवागमन गर्नेको संख्या पनि उच्च पाएका छौं ।”

यात्रुवर्गको सहजताका लागि ट्राफिक प्रहरीले भरतपुर महानगरपालिकाको तीन स्थानमा यात्रु सहायकता कक्षाको स्थापना गरेको थियो । पुल्चोक, पोखरा बसपार्क, केन्द्रीय बस टर्मिनलमा यात्रु सहायता कक्ष राखिएको थापाले जानकारी दिए । जिल्ला प्रवेश गर्ने मुग्लिन र लोथर नाकामा पनि यात्रु सहायता कक्षा राखिएको उनले बताए । जिल्लामा ट्राफिक प्रहरीसँग पर्याप्त जनशक्ति नहुँदा ट्राफिक व्यवस्थापनमा सधैं समस्या रहने गरेको उनको गुनासो थियो ।

नारायणघाट पुल्चोकमा रहेका बस काउण्टरमा सोमबार दिनभरजसो नै यात्रुहरूको भीड रहेको थियो । मंगलबार (दशैंको फूलपाती)देखि मात्रै कार्यालय, संघसंस्था तथा शैक्षिक संस्थाहरूमा सार्वजनिक विदा हुने भएकाले चाप थप बढ्न सक्ने ट्राफिक प्रहरीले बताएको छ । बस काउण्टरका सञ्चालकका अनुसार पनि गत वर्षको तुलनामा यस पटकको दशैँमा यात्रुहरू केही खुलेर हिँड्न थालेका हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट