खैरहनीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

खैरहनी, २७ असोज ।
खैरहनी नगरपालिका–८ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि एक जना गम्भीर घाईते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०३–००१ प ८४८० नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको प्रदेश ३–०३–००२ प ४८५ नम्बरको मोटरसाईकल आज बिहान १० बजे ठोक्किएका थिए ।

कलेज अफ मेडिकल साइन्स भरतपुरमा उपचारको क्रममा ८४८० नम्बरका चालक खैरहनी नगरपालिका–८ का ४५ वर्षीय चन्द्रबहादुर तिमल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

४८५ नम्बरको मोटरसाईकल चालक खैरहनी नगरपालिका–९ का २१ वर्षीय सुशान्त भण्डारीको सोही अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यलय खैरहनीले जानकारी दिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट