आइपीएलमा आज मुम्बई र चेन्नई खेल्दै

भरतपुर, ३ असोज ।

चौधौँ संस्करणको इण्डियन प्रिमियर लिग आइपीएल टिट्वान्टी प्रतियोगिताका खेल आज रातिदेखि खेलिँदै छन् । भारतमा कोरोना संक्रमण फैलन थालेपछि सन् २०२१ संस्करणको आइपिएल बीचैमा रोकिएको थियो । प्रतियोगिताका बाँकी खेल युएईमा खेल्न लागिएको हो । कोरोना भाइरस संक्रमणकै कारण गत वर्षको आइपीएलका सबै खेलहरू युएईमा नै खेलिएका थिए ।

आइपीएलमा आज डिफेन्डिङ च्याम्पियन मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्सबीच खेल हुँदैछ । खेल नेपाली समयानुसार राति ७ः४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ । जारी प्रतियोगितामा यी टोली दोस्रो पटक आमनेसामने हुन लागेका हुन् । लिगमा चेन्नई विरुद्धको पहिलो खेलमा मुम्बईले रोमाञ्चक चार विकेटको जीत निकालेको थियो । यी दुई टोलीबीच भएका पछिल्ला पाँच खेलमध्ये चार ओटामा मुम्बईले बाजी मारेको छ भने अर्काे एउटा खेल चेन्नईले जितेको छ ।

जारी प्रतियोगितामा ७ खेल खेलेको मुम्बईले ४ मा जीत र ३ मा हार बेहोरेको छ । ८ अंकमा मुम्बई अंक तालिकामा चौथो स्थानमा छ । ७ ओटै खेल खेलेको चेन्नई भने ५ मा जीत निकाल्दै १० अंक जोडेको छ । ऊ अंकतालिकामा दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको दिल्ली क्यापिटल्सको १२ अंक छ । उसले खेलेकामध्ये ८ मध्ये ६ खेल जितेको छ । तेस्रो स्थानको रोयल च्यालेन्जर्स बेंग्लोरले ७ खेलमा ५ ओटा जीत निकाल्दै १० अंक बटुलेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट