भरतपुर, २९ भदौ ।
मञ्जुश्री फाइनान्स लिमिटेडले चितवन र गैंडाकोटमा तीन वटा शाखा बिस्तार गरेको छ । फाइनान्सले नवलपुरको गैंडाकोट, भरतपुरको हाकिमचोक र खैरहनीको पर्सा बजारमा शाखा बिस्तार गरी कारोबार शुभारम्भ गरेको हो ।
मञ्जुश्री फाइनान्सकी सञ्चालक समिति अध्यक्ष इन्दिरा पण्डित र सञ्चालक समिति सदस्यहरुले शाखा कार्यालयको उद्घाटन गरेका हुन् । काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको फाइनान्सको तीन नयाँ शाखासहित नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पारोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, वीरगञ्ज, मुर्गिया, योगीकुटि, मणिग्राम र भैरहवामा शाखा बिस्तार भइसकेको अध्यक्ष पण्डितले जानकारी दिइन् ।
२०७८ साल असार मसान्तसम्म ९६ करोड ५३ लाख चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको मञ्जुश्री फाइनान्सले ८.९१ अर्ब निक्षेप संकलन गरी रु ७.९५ अर्ब कर्जा परिचालन गरेको फाइन्नसका प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौलाले जानकारी दिए ।
यससँगै फाइनान्सले विप्रेषण, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ लगायतका सेवा दिँदै आएको छ । सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा पनि दिँदै आएको निरौलले बताए ।





