भरतपुर, २९ भदौ ।
चितवन अटोमोबाइल रिकण्डिसन एशोसियसन, चितवनले स्व. नेत्रप्रसाद तिमल्सिना र स्व. नरेन्द्र बस्नेतको स्मृतिमा बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । भरतपुर ओरालोस्थित दाजुभाइ मोटरसाइकल रिकण्डिसन हाउसमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेका थिए ।
चितवन अटोमोबाइल रिकण्डिसन एशोसियसन, चितवनका अध्यक्ष सुर्य अधिकारी सभापति, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ प्रमुख अतिथि, चितवन अटोमोबाइल रिकण्डिसन एशोसियसन, चितवनका वरिष्ठ सल्लाहकार कपिल कर्माचार्य बिशिस्ट अतिथिलगायत अन्य अतिथिहरु उपस्थिति रहेको सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले सहकार्य गरेको थियो ।
चितवन जिल्लामा पछिल्लो समयमा रक्त अभाव भएकोले रिकण्डिसन व्यवसायी साथीहरू मिलेर रक्तदान कार्यक्रम आयोजना गरिएको चितवन अटोमोबाइल रिकण्डिसन एशोसियसन चितवनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक दिपक खड्काले जानकारी दिए ।




