चितवनका अस्पताल र आइसोलेसन केन्द्रमा २५२ जना संक्रमित

भरतपुर, २१ श्रावण ।

स्वास्थ्य कार्यालय चितवनले बिहीबार प्रकाशन गरेको दैनिक कोभिड–१९ रिपोर्ट अनुसार हाल चितवनका अस्पताल तथा आइशोलेसन केन्द्रमा राखिएका कोरोना संक्रमितको संख्या २५२ पुगेको छ ।

हाल अस्पतालका आइसीयु कक्षमा ८७ जना, एचडीयू कक्षमा ५३ जना तथा स्थानीय तहले निर्माण गरेका आइशोलेसन केन्द्रका समेत गरी जेनरल बेडमा ११२ जना संक्रमितले उपचार गराइरहेका छन् । आइसीयुमा रहेकामध्ये २१ जनाले भने श्वासप्रश्वासका लागि भेण्टिलेटरको सहायता लिइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार हाल भरतपुर अस्पतालमा ११६, चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा ६८, कलेज अफ मेडिकल साइन्सेस (सीएमएस) शिक्षण अस्पतालमा २० तथा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ जना संक्रमितको उपचार भइरहेको छ । यस्तै भरतपुरका अन्य निजी अस्पतालमा पनि २५ जना संक्रमितले उपचार गराइरहेका छन् ।

अस्पताल तथा स्थानीय तहले तयार पारेको आइशोलेसन केन्द्र समेत गरी जिल्लामा हाल संक्रमितको उपचारका लागि ८६२ वटा शय्या छुट्याइएका छन् ।

हाल जिल्लाभित्र भरतपुर महानगरपालिकाको आइसोलेसन केन्द्रमा १० जना, कालिका नगरपालिका केन्द्रमा ४ जना तथा रत्ननगर नगरपालिका केन्द्रमा २ जना संक्रमित राखिएका छन् । यस्तै इच्छाकामना गाउँपालिकाको आइशोलेसन केन्द्रमा पनि एक जना संक्रमित छन् । अन्य स्थानीय तहका आइशोलेसन केन्द्रमा भने संक्रमित नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा चितवन जिल्लाका अस्पतालमा उपचार गराइरहेका १ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार भरतपुर अस्पतालमा मृत्यु वरण गरेका ती संक्रमित गोरखाका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा अस्पताल तथा आइशोलेसन केन्द्रबाट ३६ जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट