भरतपुर, १३ साउन ।
जनता समाजवादी पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन ६ मन्त्रालयमा दाबी गर्ने भएको छ ।
६ मन्त्रालयमा कुरा मिले भोलि (बिहीबार) नै सरकारमा सहभागी हुने सम्भावना रहेको जसपा नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए ।
‘हामीले ६ मन्त्रालय पाउनुपर्छ भनेर दाबी गरेका छौं । यसमा प्रधानमन्त्रीजी र गठबन्धनका अरु दल पनि सकारात्मक हुनुहुन्छ भन्ने हाम्रो अपेक्षा छ,’ राईले भने, ‘मन्त्रालयको टुंगो लाग्यो भने भोलि (बिहीबार) नै हाम्रो पार्टी सरकारमा जान्छ । मन्त्रीहरुको शपथ पनि भोलि नै हुन्छ ।’
नेता राईका अनुसार जसपामा मन्त्री छान्ने जिम्मा ३ जना नेता अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई दिइएको छ ।





