भरतपुर, १३ साउन ।
गायक मातृका आचार्यले `गुरुवन्दना´ सार्वजनिक गरेका छन् । गुरुपूर्णिमामा सार्वजनिक भएको उक्त गुरुवन्दनाको रचना संगीता आचार्यले गरेकी हुन् । संगीत पुरुषोत्तम न्यौपानेले गरेका हुन भने आवाज स्वयं मातृकाको रहेको छ । यसमा उनलाई गायिका प्रेक्षा लम्सालले पनि साथ दिएकी छिन् ।
खबरी नेपालको आधिकारिक युट्यूब च्यानलबाट अपलोड गरिएको यस गुरुवन्दनाको अडियो निर्माण श्री परमेश्वरी सेवा केन्द्र काठमाडौँको रहेको छ । भिडियो भने फोर क्यूब इन्टरटेन्मेन्टको निर्माण रहेको छ ।
गायक आचार्यले यो गुरुवन्दना समस्त गुरुबर्गमा समर्पित रहेको बताएका छन् । छिट्टै नै अर्को अघोरेश्वर वन्दना आउन लागेको उनले बताए । त्यस्तै गायिका प्रेक्षा लम्सालसँगको सुमधुर युगल गीतपनि चाँडै रिलिज गर्न लागेको उनले जानकारी दिए ।
उनका अन्य गीतहरु युट्यूब च्यानलमा हेर्न, सुन्न सकिन्छ ।





