पुनर्बहालीको माग गर्दै चार पूर्व पूर्वमाओवादी सांसदद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं, १३ साउन ।
सांसद पदमा पुनर्वहाली गर्न माग गर्दै पूर्वमाओवादीका चार नेताले सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् ।

नेकपा (माओवादी केन्द्र)को कारबाहीका आधारमा प्रतिनिधि सभा सदस्यबाट पदमुक्त भएका चारजना पूर्वमाओवादी नेताहरू पुनर्वहालीको माग गर्दै सर्वोच्च पुगेका हुन् ।

गत चैत २६ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पत्रका आधारमा संसद् सचिवालयले आफूहरुलाई सांसद पदबाट मुक्त गर्ने निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत भएको भन्दै टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी परमादेशबाट सांसद पदमा पुनर्वहालीको माग गर्दै अदालत गएका हुन् ।

उनीहरूले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरुको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने माग गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट