गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको सपथ

भरतपुर, १३ साउन ।
नयाँ नियुक्त भएका दुई जना प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । गण्डकी र लुम्बिनीमा नियुक्त भएका प्रदेश प्रमुखहरु पृथ्वीमान गुरुङ र अमिक शेरचनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

हिजो मंगलबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी प्रदेशमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् ।

केपी शर्मा ओली हटेसँगै बनेको नयाँ सरकारमा सहभागी दलको भागबण्डाअनुसार गुरुङ नेपाली कांग्रेस र शेरचन माओवादी कोटाबाट नियुक्त भएको बताइएको छ ।

शेरचन यसअघि गण्डकी प्रदेशमा प्रदेश प्रमुख भइसकेका हुन् भने गुरुङ कांग्रेसका चितवन जिल्ला सभापति भइसकेका व्यक्ति हुन् ।

यसअघि गण्डकी प्रदेशमा सीताकुमारी पौडेल र लुम्बिनीमा धर्मनाथ यादव थिए । दुबैलाई फालेर देउवा सरकारले नयाँ नियुक्ति गरेको हो ।

प्रदेश प्रमुखमा नियुक्त दुबै जनाको घर भरतपुरबाट करिब २० किलोमिटर पश्चिम दिव्यनगरमा पर्छ । भरतपुर–मेघौली सडकसँगै उनीहरूको घर करिब ३०० मिटरको दूरीमा छ । मेघौलीतर्फ जाँदा दायाँतर्फ थकाली चोकमा शेरचनको र बायाँतर्फ धर्मभकारी चोकमा गुरूङको घर छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट