चितवनका स्वास्थ्य संस्थालाई मेडिकल सामग्री हस्तान्तरण

भरतपुर, १३ असार ।

वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले चितवनका विभिन्न स्वास्थ्य संस्थालाई अत्यावश्यकीय स्वास्थ सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । बुधबार मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले स्वास्थ कार्यालय चितवन र रत्ननगर नगरपालिकास्थित बकुलहर अस्पताललाई कोभिड-१९ को रोकथामका लागि चाहिने स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

वाग्मती प्रदेश सभा सदस्य कृष्ण भुर्तेलले स्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख अमृत महर्जनलाई अक्सिजन कन्सन्ट्रेटर, मेडिकल मास्क तथा पञ्जा, सेनिटाइजर, फेस सिल्ड, मेडिकल गाउन लगायत सामग्री हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएका स्वास्थ्य सामग्री करिब ६० हजार रुपैयाँ बराबरको रहेको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख वसन्त अधिकारीले जानकारी दिए ।

कोभिड-१९ बाट सुरक्षित रही स्वास्थकर्मीले आफ्नो कार्यसम्पादन गर्न सकून् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको केन्द्रले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट