कवि तीर्थ श्रेष्ठले सुनाए कविता

भरतपुर, २१ चैत ।
पोखराबाट काम विशेषले चितवन आएका कवि तीर्थ श्रेष्ठलाई चितवनका कवि सुरेन्द्र अस्तफलले प्रस्ताव राखे, `तपाईंका कविता सुन्न पर्‍यो ।´
दुईचार दिन चितवनमै रहने र फुर्सत पनि भएकोले कवि श्रेष्ठले अस्तफलको प्रस्तावलाई नाइँ भन्न सकेनन् र शुक्रबार उनको एकल वाचन राखियो ।

नेपाली लेखक संघ चितवनको आयोजनामा सम्पूर्ण किताब नारायणगढमा गरिएको कार्यक्रममा कवि श्रेष्ठले एक दर्जन कविता सुनाए । कविता वाचन गर्दा श्रेष्ठले आमालाई सम्झिए । आमाको महिमा सुनाए । जन्मदिने आमा योगमाया श्रेष्ठ र हुर्काउने आमा पूर्णलक्ष्मी श्रेष्ठलाई सम्बोधन गरि लेखिएको `आमा´ शीर्षकको कविता प्रस्तुत गरे । कविता सुन्न आएका स्रोतागण कविता सुन्न्दै गर्दा भावुक देखिए ।

कार्यक्रममा कवि श्रेष्ठले `कविहरु र सत्ता´, `असमर्थ राजधानी शहर´, `पदचाप´, `थोपा´, `तानसेन´, `ओ काठमाण्डु´, `प्रेमको पुस्तक´, `बाघ´, `हिंउमा लेखिएका नामहरु´, “लाहुरे फूल म तिम्रो नाम फेर्न चाहन्छु´ र `एक दिन´ शीर्षकका कविता सुनाए । उनले कविताको रचनागर्भ पनि बताए । कवि श्रेष्ठले कविता सुनाइरहँदा स्रोताहरूले चाख मानेर सुने । कवि श्रेष्ठका मीठा र ओजिला कविता सुन्न पाउँदा आनन्द लागेको गायत्री अधिकारीले प्रतिक्रिया दिइन् ।
चितवनमा आएर यहाँका सर्जकहरूसँग सँगै बसेर कविता सुनाउन पाउँदा खुसी लागेको कवि श्रेष्ठले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट