युनियन, संगठन र चौतारीबीच चुनावी तालमेल

भरतपुर, १९ चैत्र ।

नेपाल पत्रकार महासंघ चितवनको आसन्न निर्वाचनमा नेपाल प्रेस युनियन, प्रेस संगठन र प्रेस चौतारी नेपाल (माधव नेपाल समूह)बीच संयुक्त प्यानल बनाएर उत्रिने भएका छन् ।

बिहीबार भरतपुरमा युनियन, संगठन र चौतारीबीच सहकार्य गर्ने निर्णय भएको हो । तीन ओटा संगठनले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा केन्द्रीय नीति तथा निर्देशन अनुसार नै चितवनमा पनि नेपाल प्रेस युनियनको नेतृत्वमा संयुक्त प्यानल बनाएर निर्वाचनमा भाग लिन लागिएको बताइएको छ ।

युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस संगठन चितवनका अध्यक्ष प्रकाशमणि ज्ञवाली र प्रेस चौतारी नेपाल चितवन (माधव नेपाल समूह)का संयोजक टीकादत्त तिमिल्सिनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा निरन्तर प्रेस स्वतन्त्रता र पत्रकारका हकहितका पक्षमा रहेका उम्मेद्वारहरूलाई जिताउन आह्वान समेत गरिएको छ । यही चैत्र २५ गते हुने महासंघको निर्वाचनबाट केन्द्रीय, प्रदेश र जिल्लामा नयाँ कार्यसमिति चयन हुनेछन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट