महानगरस्तरीय कृषि सहकारी संजालमा सापकोटा

भरतपुर, १७ चैत ।
भरतपुर महानगरपालिकाअन्तर्गत रहेका कृषि सहकारी संस्थाहरूका अध्यक्षहरूको दोस्रो भेला भरतपुरमा बसेको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर ९ स्थित श्री त्रिपुरेश्वर कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष बेदप्रसाद सापकोटाको संयोजकत्वमा भेला बसेको हो । भेलामा कृषि सहकारीहरूले भोग्नुपरेको समस्या र समाधानका बिषयमा छलफल गरिएको थियो ।

भेलाले भरतपुर महानगरक्षेत्रका कृषि सहकारीहरूका समस्यालाई पहिचान गरेर सम्बन्धित निकायसँग छलफल गरि महानगरको समग्र कृषि गतिविधिलाई विस्तार गर्ने योजना बनाएको छ ।

यसका लागि महानगरस्तरीय संजाल बनाई श्री त्रिपुरेश्वर कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष बेदप्रसाद सापकोटाको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति बनाइएको छ । `महानगरस्तरीय कृषि सहकारी संजाल´को उपाध्यक्षमा भरतपुर-२१ मा रहेको पार्वतीपुर महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडकी अध्यक्ष शर्मिला थापा क्षेत्री, सचिवमा भरतपुर -१५ स्थित सहुलियत कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष लक्ष्मीलाल घिमिरे, कोषाध्यक्षमा भरतपुर -२५ मा रहेको अमृत महिला कृषि सहकारी संस्था लिमिटेडकी अध्यक्ष अरुणा थापा छन् ।

त्यसैगरी सदस्यहरुमा भरतपुर-२१ मा रहेको ओमशिवालय कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष दीपक लामिछाने, भरतपुर-२० मा रहेको श्री इन्द्रेणी कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष संजय भुजेल, भरतपुर-२३ मा रहेको श्री कालिका कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्णबहादुर खड्का, भरतपुर -१७ स्थित श्री गौरवशील कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रकाश खड्का र भरतपुर-२३ स्थित श्री मधुपुरी कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष मोतीबहादुर बिक चयन भएका छन् ।

भेलाले भरतपुर-२१ मा रहेको श्री ओमश्री कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष चिरञ्जीवी पोख्रेलको संयोजकत्वमा ३ सदस्यीय बिधान मस्यौदा समिति गठन गरेको छ । जसको सदस्यमा भरतपुर-२० मा रहेको श्री गुन्जानगर साना किसान कृषि सहकारी संस्था लिमिटेडकी अध्यक्ष यसोदा पोख्रेल पौडेल र भरतपुर-२३ मा रहेको श्री पन्चतत्व कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष त्रिलोचन अधिकारी रहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट