नीलकण्ठ पौडेलको स्मृति दिवसमा कृति विमोचन तथा स्रस्टा सम्मान

भरतपुर, १७ चैत ।
पण्डित नीलकण्ठ पौडेल स्मृति प्रतिष्ठानको आयोजनामा पुस्तक विमोचन तथा स्रस्टा सम्मान कार्यक्रम गरिएको छ ।
पौडेलको १०४ औँ स्मृति दिवसको अवसर पारेर कविलास रिसोर्टमा सोमबार सम्पन्न कार्यक्रममा लकास पौडेलले लेख्नुभएको `अपाला´ महाकाव्यको विमोचन गरिएको छ । कार्यक्रममा स्रष्टाहरू प्रा. डा. मतिप्रसाद ढकाल, सरिता तिवारी र राजेन्द्र घायललाई सम्मान गरिएको छ ।

विमोचित पुस्तक `अपाला´ महाकाव्य माथि प्रा. डा. कर्ण वानिया र प्रा. डा. नारायणप्रसाद खनालले समीक्षात्मक टिप्पणी राखेका थिए । सम्मानित स्रष्टाहरुको परिचय डा. धनेश्वर भट्टराईले दिएका थिए । कवि धनराज गिरीले टुक्रा गजल वाचन गरेर सहभागीहरुलाई मनोरञ्जन गराएका थिए ।

कार्यक्रममा सहभागीलाई प्रतिष्ठानका उपाध्यक्ष इन्जिनियर प्राज्ञ बाबुराम ढकालले स्वागत गरेका थिए भने धन्यवाद ज्ञापन प्रतिष्ठानकी सचिव ईश्वरी ढकालले गरेकी थिइन् ।

प्रकाश चापागाईँले सहजीकरण गरेको कार्यक्रममा झण्डै एक सयजना स्रस्टाहरूको सहभागिता थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट