भरतपुर, १६ चैत ।
नेपाली कम्युनिष्ट आन्दोलनका स्थापित पुराना वामपन्थी नेता विष्णु बहादुर मानन्धरको ९१ वर्षको उमेरमा सोमबार बेलुका ८ः३० बजे निधन भएको छ ।
केही दिनअघि अस्वस्थ भएका उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो ।
नेता मानन्धरले सरकार, सत्ता र शक्तिको पछाडि नलागेका नेताका रुपमा छवि बनाएका थिए ।
२००७ सालदेखि आफ्नै पिताले किसानलाई दिएको ऋणका तमसुक च्यातेर राजनीति सुरु गरेका मानन्धरले २००९ सालको रौतहट किसान आन्दोलनमा युवा नेताका हैसियतले भाग लिएर राजनीतिमा प्रवेश गरेका थिए ।
मानन्धरका एक छोरा र तीन छोरी छन् । उनको दाहसंस्कार मंगलबार बिहान ८ बजे पशुपति आर्यघाटमा गरिने उनका छोरा सुनिलले बताए ।





