अन्तर–जेसीज भलिबल उपाधि राप्तीलाई

भरतपुर, ८ चैत
अन्तर–जेसीज भलिबल प्रतियोगिताको उपाधि राप्ती जेसीजले जितेको छ । बीसहजार जेसीज भरतपुरले आयोजना गरेको प्रतियोगिताको फाइनलमा आयोजकलाई ३–२ को सेटमा पराजित गर्दै राप्तीले उपाधि हात पारेको हो ।

शनिबार भरतपुरको गेष्टहाउस चौरमा भएको फाइनल प्रतिस्पर्धामा पहिलो दुई सेट जितेको राप्तीले त्यसपछिका दुई सेट लगातार गुमायो । कप्तान सुमन तामाङले उत्कृष्ट प्रदर्शन गरेपछि राप्तीले पहिलो सेटमा आयोजक बीसहजारलाई २५–३ मा सीमित ग¥यो । दोस्रो सेटमा केही सम्हालिएको बीसहजारलाई राप्तीले २५–१७ मा रोक्यो ।

त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै बीसहजारले तेस्रो सेट २५–१५ र चौथो सेट २५–२२ ले आफ्नो पक्षमा पा¥यो । तर, अन्तिम सेटमा फेरि राप्ती हावी भयो । उसले पाँचौँ सेटमा १५–६ को जित हात पा¥यो ।

विजेता र उपविजेता टोलीलाई नेपाल जेसीज वर्ष २०२१ का अध्यक्ष अरुणेश्वर खनाल, नारायणगढ जेसीजका अध्यक्ष बासुदेव दवाडी, नेपाल खेलकुद पत्रकार मञ्च चितवनका अध्यक्ष विनोदबाबु रिजाललगायतले कप, मेडल तथा प्रमाणपत्र प्रदान गरे ।
चितवन र नवलपुर क्षेत्रका कूल १४ वटा जेसीज शाखाका टिम सहभागी रहेको प्रतियोगिता शुक्रबार र शनिबार दुई दिन आयोजना गरिएको थियो । प्रतियोगिता समापन समारोह बीसहजार जेसीज वर्ष २०२१ का अध्यक्ष सुवाहु पण्डितको अध्यक्षतामा सम्पन्न भएको थियो ।

जेसीज अभियन्ताबीच भाइचाराको सम्बन्ध प्रवद्र्धन गर्न प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक सुपथ घिमिरेले बताए । उक्त कार्यक्रममा सम्बोधन गर्दै नेपाल जेसीज अध्यक्ष खनालले खेलकुद तथा विविध प्रतियोगितात्मक कार्यक्रम आफ्नो कार्यकालमा अझै गर्ने बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट