ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

भरतपुर, ६ चैत ।

कुखुराको दाना बोक्ने ट्रकले ठक्कर दिँदा भरतपुरमा एक युवतीको मृत्यु भएको छ । शुक्रबार दिउँसो भरतपुर महानगरपालिका–१२ केन्द्रीय बस टर्मिनल नजिकै नारायणगढबाट गोन्द्राङतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३ ००१ क ०१९७ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको ना. ४८ प ८७३१ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।

ठक्करबाट नवलपुर गैँडाकोट नगरपालिका–१ बस्ने २१ वर्षीया रीता शर्मा चालिसे गम्भीर घाइते भएकी थिइन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट