`निष्ठाको राजनीति´ सार्वजनिक

भरतपुर, २९ फागुन ।
कवि कमल कँडेलको निबन्धसङ्ग्रह `निष्ठाको राजनीति´ विमोचन गरिएको छ ।
नेपाली लेखक संघका केन्द्रिय सदस्य पुष्प अधिकारी अञ्जलि तथा चितवन जिल्ला अध्यक्ष डा. एकनारायण पौडेलले कृति विमोचन गरेका हुन् । नेपाली लेखक संघ चितवनको दोस्रो साधारणसभा तथा अधिवेशन समारोहमा पुस्तक विमोचन गरिएको हो ।

पुस्तकमा राजनीतिक बिसयमा लेखिएका निबन्धहरू समावेश छन् । लेखक कँडेलले समसामयिक राजनीतिलाई नजीकबाट नियालेर राजनीतिका विकृत पक्षलाई निबन्धका रूपमा प्रस्तुत गर्न सफल भएको प्रमुख अतिथि पुष्प अधिकारी अञ्जलिले बताए । `मुलुकको राजनीतिलाई पछिल्लो समय आम मानिसले फोहोरी खेलको रूपमा बुझ्न थालेकोले राजनीति गर्नेहरू सच्चिनुपर्ने आवस्यकता छ´, अञ्जलिले भने – `निष्ठाको राजनीति आजको आवश्यकता हो, कमल कँडेलका निबन्धहरूले राजनीतिक बेथितिलाई उजागर गर्दै इमानदार बन्न आग्रह गरेका छन् ।´

पुस्तकमा ११ वटा निबन्ध छन् । चितवन साहित्य परिषद्बाट प्रकाशित पुस्तकको मूल्य १२१ रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट