भीसानको निशुल्क स्वास्थ्य शिविर

देवचुली, २८ फागुन ।
भीसान नवलपरासीको आयोजनामा शुक्रबार निःशुल्क स्वास्थ्य परिक्षण शिविर गरिएको छ । देवचुली नगरपालिका वडा नं ७ रामबासमा रहेको भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु र अभिभावकहरुको निःशुल्क स्वास्थ्य शिविर गरिएको हो । भीसान नवलपरासी, लायन्स क्लब अफ नारायणगढ नारायणी, लायन्स क्लब अफ नारायणगढ बालकुमारीलगायतका संस्थाहरुको साझेदारीमा शिविर गरिएको हो । शिविरमा ६ जना बिसेसज्ञ डाक्टरले करिव ४ घन्टासम्म सेवा दिएका थिए । जसमा विद्यार्थी र अभिभावक गरि २ सय ३७ जनाले  सेवा लिए ।
कुल १ लाख ३० हजार बढीको औषधि वितरण गरियो ।

शिविरमा भीसान नवलपरासीका अध्यक्ष शेरबहादुर पौडेलले विशेषगरी विद्यालयका बालबालिकाहरुले “जंकफूड” को प्रयोग बढि गर्ने हुँदा बालबालिकाको स्वास्थ्यमा विभिन्न किसिमका समस्या देखिने भएकाले विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको बताए । विगत लामो समयदेखि भीसान नवलपरासीले देवचुलीमा रहेर विभिन्न सामाजिक कार्यहरु गरिरहेको छ । साथै भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयमा २ जना र दिव्यज्योती आधारभूत विद्यालयमा २ जना बालबालिकालाई निःशुल्क रुपमा पढाईरहेको जानकारी गराउँदै अध्यक्ष पौडेलले आगामी दिनमा पनि भीसान नवलपरासीले विभिन्न कार्यक्रमहरु संचालन गरिरहने बताए ।

उक्त शिविरमा बरिष्ठ फिजिसियन डा. सन्दीप पाण्डे, बरिष्ठ जनरलसर्जन अमित शर्मा, बरिस्ठ नाक कान घाँटी रोग विशेषज्ञ डा. दामोदर कंडेल, बरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. जीवन परियार, बरिष्ठ बाल रोग विशेषज्ञ डा. किरण देवकोटा र मेडिकल अफिसर डा.टेकेन्द्र गौतमबाट बिरामीको परिक्षण गरिएको थियो ।

शिविरमा चेकजाँचका लागि आउने विद्यार्थीहरुमा खानपान, कान, मुटु रोगी जस्ता धेरै समस्या देखिएको बरिष्ठ बाल रोग विशेषज्ञ डा. किरण देवकोटाले जानकारी दिए । उनले बालबालिका भन्दा पनि अभिभावकहरुले आफ्ना बच्चाहरुको खानपानमा हेरचाह गर्नुपर्ने बताउँदै खानपानमा सचेत हुनुपर्ने बताए ।

शिविरमा भरतपुरस्थित श्री पुष्पाञ्जली हस्पिटलले प्राविधिक सहयोग गरेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट