पूर्वप्रधानपञ्च पन्तको ‘सूर्य स्मारिका ग्रन्थ’ सार्वजनिक

भरतपुर, २८ फागुन ।
भरतपुरका संस्थापक पूर्वप्रधानपन्च स्वर्गीय सूर्यप्रसाद पन्तको स्मृतिमा प्रकाशित पुस्तक विमोचन गरिएको छ । स्वर्गीय पन्तको ५१औँ पुण्यतीथिमा बिहिबार भरतपुरमा `सुर्य स्मारिका ग्रन्थ´को विमोचन गरिएको हो ।

विमोचन कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेकी नेतृ तथा राष्ट्रियसभा सदस्य पार्वती रावल र विशिष्ट अतिथी बाग्मती प्रदेश सभाका सदस्य कृष्ण भुर्तेल रहेका थिए ।

कार्यक्रममा रावलले स्वर्गीय पन्तको योगदानको चर्चा गर्दै पन्तले समाजमा पुर्‍याएको योगदानबाट पछिल्लो पुस्ताले प्रेरणा लिनुपर्ने बताइन् । अग्रजहरुको कामको मुल्यांकन गर्नुपर्ने बताउँदै रावलले भरतपुरको विकासमा उहांँको योगदान उल्लेखनीय रहेको र सधैंभर सम्झनालायक रहेको बताइन् । विकासका संवाहक पन्तले अहिलेको भरतपुर क्षेत्रलाई यहाँ सम्म ल्याईपुर्‍याउन गर्नुभएको योगदान कसैले पनि बिर्सन नहुने रावलको भनाई थियो ।

विशिष्ट अतिथि कृष्ण भुर्तेलले आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर भरतपुर नगरको विकासमा उहांँको योगदान अनुकरणीय रहेको बताए । भरतपुरको विकासको लागि सधैँ चिन्ता व्यक्त गर्ने पन्तको योगदानबाट अवका विकासप्रेमीले पाठ सिक्नुपर्ने भुर्तेलको भनाई थियो ।

कार्यक्रममा विमोचित ग्रन्थ सूर्य स्मारिका ग्रन्थका सम्पादक ऋषिकेश घिमिरेले स्वर्गीय पन्तको विगत र वर्तमानको विषयमा जानकारी गराए ।

कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ८ अध्यक्ष दामोदर न्योपानेले स्वर्गीय पन्तले देखाएको विकासवादी बाटो सबैको प्रेरणाको श्रोत रहिरहने बताए । कार्यक्रममा स्वर्गीय पन्तका नाती रेगन पन्त सहित परिवार लगायत आफन्तले उनको स्मरण गरेका थिए । कार्यक्रममा स्वर्गीय पन्तका छोराहरु भवानी पन्त , राजु पन्तलगायत पन्त परिवार र आफन्तजन, सामाजिक अगुवाहरुको सहभागिता रहेको थियो । कार्यक्रम स्वर्गीय सूर्य प्रसादकी धर्मपत्नी मिनकुमारी पन्तको सभापतित्वमा सम्पन्न भएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट