दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक सोमबार बस्दै

काठमाडौं, २३ फागुन ।
नेकपाको दाहाल–नेपाल समूहले सोमबार बिहान ११ बजेका लागि बैठक स्थायी कमिटीको बोलाएको छ ।

नेता नारायणकाजी श्रेष्ठका अनुसार सर्वोच्चको फैसलापछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको हो ।

सर्वोच्चले नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएको छ ।

अब कानुनी प्रक्रियामा जाने वा नजाने भन्ने निर्णय स्थायी कमिटी बैठकबाट हुने पनि श्रेष्ठले बताए ।

सो समूहका शीर्ष नेताले अदालतको फैसलालगत्तै कानुन व्यवसायीसँग पनि छलफल गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट