दाहाल नेपाल खेमाका सांसद प्रतिनिधिसभा बैठकको बीचैमा बाहिरिए

काठमाडौँ, २३ फाल्गुन ।

नेकपाको दाहाल तथा नेपाल समूहका सांसदले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । वैधानिकता गुमाएको सरकारबाट अध्यादेश पेस गर्ने कार्यसूची राखिएको भन्दै सो समूहका सांसदहरू बैठकको बीचैमा उठेर हिँडेका हुन् ।

बैठकको बीचमा सभामुखसँग समय लिँदै सांसद भीम रावलले बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा समर्थन रहे पनि अध्यादेश पेस गर्नेमा आफूहरूको समर्थन नरहेको बताएका थिए । सभामुख अग्नि सापकोटाले रावलको धारणा दर्ज भएको भन्दै बस्न आग्रह गरे पनि दाहालनेपाल पक्षका सांसदहरू बाहिरिएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट