काठमाडौं, २३ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । संसद बैठक ढिला सुचारु भएपछि प्रधानमन्त्री ओली संसद भवन बाहिरिएलगत्तै उनले संसदिय दलको बैठक बोलाएका हुन् ।
बैठक प्रधानमन्त्री निवास बालुटारमा ५ः३० बजे बोलाइएको नेकपाका एक नेताले बताए ।
सर्वोच्च अदालतले ऋषि कट्टेलको नाममा रहेको नेकपाको पक्षमा फैसला गरेपछि सत्तारुढ दल नेकपाको वैधानिकता खारेज भएको बेला प्रधानमन्त्रीले संसदिय दलको बैठक बोलाएका हुन् ।




