अदालतको फैसला मान्छौँ- प्रधानमन्त्री ओली

काठमाडौं, २३ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले गरेको फैसला मान्ने बताएका छन् । संसद् भवन नयाँबानेश्वर पुगेका ओली केहीबेर बसेर बाहिरिएका थिए ।

४ बजे बोलाइएको प्रतिनिधिसभा बैठक अहिलेसम्म सुरू हुन सकेको छैन ।

प्रधानमन्त्री ओली बाहिरिँदै गर्दा पत्रकारसँग कुरा गर्दै उनले सर्वोच्च अदालतको फैसला मान्ने बताएका हुन् ।

“सर्वोच्च अदालतको फैसला मान्छौँ,” उनले भने, “एमाले र माओवादी भन्ने कुरा पूर्णपाठ हेरेपछिमात्रै भन्न सकिन्छ । अहिले केही भन्न सकिँदैन ।”

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट