काठमाडौं, २१ फागुन ।
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा सुरू भएको छ ।
संसद् भवन नयाँ बानेश्वरको लोत्से हलमा जारी बैठकमा प्रतिनिधिसभा पुनःस्थापना भएपछि कांग्रेसको रणनीतिका विषयमा छलफल हुने केन्द्रीय सदस्य एवं सांसद अभिषेक प्रताप साहले जानकारी दिए ।
बैठकमा मुख्यतः नयाँ सरकार बनाएर अघि बढ्न नेकपा प्रचण्ड नेपाल समूहले गरेको प्रस्तावका बारेमा छलफल हुने स्रोतले बतायो ।
बुधवार चितवनमा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले कांग्रेसको काँधमा सरकारको जिम्मेवारी आए नभाग्ने प्रतिक्रिया दिएका थिए ।
देउवाको सो अभिव्यक्तिपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने आकलन गर्न थालिएको छ ।
देउवालाई प्रधानमन्त्री स्वीकार गरेमा कांग्रेसले नेकपा–प्रचण्डनेपालसँग मिलेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने समेत तयारी गरेका स्रोतको दाबी छ ।
बिहीबार बसेको पदाधिकारी बैठकमा समेत अविश्वासको प्रस्तावको बारेमा छलफल भएको थियो । बैठकमा संसद्मा कसरी प्रस्तुत हुने भनेर छलफल हुने एक नेताले बताए ।




