ड्रीम टिम नेपालद्वारा प्याड वितरण

माडी, १६ फागुन ।
ड्रीम टिम नेपालले महिला स्वास्थ्य अभियान कार्यक्रम अन्तर्गत १ सय जना महिलालाई एक वर्षका लागि पुग्ने निसुल्क स्यानेटरी प्याड वितरण गरेको छ । माडी नगरपालिका वडा नम्बर ९ राइडाँडाका चेपाङ समुदायका महिलालाई उक्त सामग्री दिइएको हो ।

`परिवर्तित युवा, परिवर्तित सोच, परिवर्तित राष्ट्र´को मुख्य नारा लिएर स्थापना भएको ड्रीम टिम नेपालले सामाजिक संजालका माध्यमबाट समूह विस्तार गरिरहेको छ । लकडाउनको समयमा सामाजिक गतिविधि गर्ने उद्देश्यले सानो समूह बनाएर स्थापना भएको टिममा अहिले करिव ९ हजार सदस्यहरू जोडिएका छन् ।

टीमका सदस्य साथीहरूको आपसी सहयोगबाट कार्यक्रम गरिएको संयोजक शालिकराम पोख्रेलले बताए । `अबका दिनमा विपन्न वर्गलाई लक्षित गरि उनीहरूको शिक्षा तथा स्वास्थ्यका बारेमा निरन्तर लाग्ने सोचमा हामी छौं´ – पोखरेलले अगाडि भने ।

सामग्री वितरण गर्न नर्ससहितको टोली भरतपुरबाट माडी पुगेको थियो । कार्यक्रममा महिलाहरुले भोग्नुपरेका समस्या साथै प्याड प्रयोग गर्ने तरिकाबारे जानकारी दिइएको थियो । कार्यक्रममा चेपाङ वस्तीका महिलाहरुको उपस्थिति थियो ।

टिमका सदस्य अन्जन दवाडीले जनचेतनाको कमिले मानव स्वास्थ्यमा समस्या आइरहेकाले जनचेतना जगाउन प्याड तथा आइरन चक्की वितरण गरिएको बताए ।

कार्यक्रममा ड्रीम टिम नेपालका संयोजक मधुसूदन घिमिरे, जनप्रतिनिधि पूर्णमाया प्रजासहित सामाजिक व्यक्तित्वको उपस्थिति थियो । कार्यक्रमलाई सुदिप घिमिरेले सहजीकरण गरेका थिए भने देवी ठकुरीले उपस्थित सबैलाई स्वागत गरिन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट