देवचुली, १५ फागुन ।
देवचुली साहित्य समाजले प्रकाशन गरेको टेलिफोन डायरी विमोचन भएको छ । देवचुली नगरपालिका वडा नम्बर १३ का अध्यक्ष एवम् नगर प्रवक्ता क्याप्टेन डिलबहादुर खत्रीले डायरी विमोचन गरेका हुन् । डायरीमा नवलपुर जिल्लाका कवि, लेखकहरूको नाम र सम्पर्क नम्बर उल्लेख गरिएको छ । छिमेकी जिल्ला चितवनका प्रतिनिधि स्रस्टाहरूको नाम र सम्पर्क नम्बर पनि डायरीमा समावेश छन् ।
दलदलेस्थित सहारा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा उपस्थित करिव तीन दर्जन स्रष्टाले रचना वाचन गरे । कार्यक्रममा देवचुली नगरपालिका वडा नम्बर १५ का अध्यक्ष हरिभक्त भट्टराई सहित विभिन्न संघसंस्थाबाट प्रतिनिधित्व गर्दै आतिथ्य ग्रहण गरेका समाजसेवीहरू रेशम सापकोटा, तिलप्रसाद काफ्ले, डिल्लीराम कडरिया, ईन्द्रमणि भुसाल, नारायण भण्डारी, पदम रिमाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
रचना सुनाउनेहरूमा स्रस्टाहरू दीपक सोती, लोकनाथ खरेल, कृष्णादेवी शर्मा श्रेष्ठ, राधा पाण्डे, धनपति कोइराला, जीवन युगीन, मुक्ति ढकाल, तेजेन्द्र सापकोटा, लेखराम सापकोटा, अर्जुन अविरल, मणि अर्याल, हरिप्रसाद ढकाल, सञ्जय भट्टराई, विक्रम ढकाल अनुराग, एसपी बराकोटी, शोभा खनाल, एकनारायण चापागाईं, निशा क्षेत्री, अतीत आचार्य, शंकर नेपाली, जगन्नाथ खनाल , निमा तिवारी, सीतादेवी पौडेल, रमेश भूर्तेल, आइपी सापकोटा, शर्मिला सापकोटा, सरस्वती पन्त, विद्या पौडेल, नारायणवीर खत्री, आदित्य अधिकारी, अम्बी बिरकट्टा, गौरव भण्डारी, अनुप पौडेल, चन्द्रकान्त पौडेल, सम्बोधन पौडेल लगायत थिए ।
कार्यक्रममा सहभागी अतिथिलाई देवचुली साहित्य समाजका उपाध्यक्ष अशोकराज अधिकारीको स्वागत गरे भने कार्यक्रम सञ्चालन सचिव सरोज उजाडले गरे । जिल्लाका स्रस्टाहरूलाई एकताबद्ध गरि साहित्यिक गतिविधिलाई निरन्तरता दिँदै कार्यक्रम गरिएको समाजका अध्यक्ष आदर्श सुशीलले बताए ।





