कविता चिन्तन अभियान नेपाल -२०७७ घोषणा

भरतपुर, १५ फागुन ।
गणेश श्रमणद्वारा २०७२ सालदेखि सञ्चालित कविता चिन्तन यात्राको विस्तारित रूप कविता चिन्तन अभियान नेपाल हो । यसले ५ वटा विचारलाई आफ्नो लेखनको विषयवस्तु बनाएको छ । कवितामा नवीन हस्तक्षेपका साथ यो अभियान थालनी गरिएको हो । कवि र कवितामाथि केन्द्रित यस अभियानले भविष्यमा कविडाँडाबाट पहिलो कार्यक्रमको सुरुवात गर्नेछ । सम्पूर्ण किताब नारायणगढमा युवा कविहरू सुरेन्द्र अस्तफल,गणेश श्रमण, नवराज ढुङ्गाना, लेखराम सापकोटा र रामकृष्ण अनायासको बैठकले कवितामाथि वैचारिक बहस सुरु गरेको हो । ५ जना युवा कविहरूको सहकार्यमा यो अभियान अगाडि बढ्ने र यसले आफ्ना विचारलाई क्रमश: सार्वजनिकीकरण गर्नेछ ।
अभियानका साक्ष्यहरू निम्न रहेका छन्
१.कविता ध्यानमा लेखिने र ध्यानमा सुनिने विषय हो ।
२.कविताको शक्ति विचार हो भने कला त्यसको जोडन हो ।
३.कविता हृदयपक्ष र बुद्धितत्त्वको सम्मिलन हो ।
४.कविता बहुल विचार युक्त हुनुका साथै कविताजस्तो हुनु कविताको प्राप्ति हो ।
५.यसले कविता लेखन अघि मानसिक रूपमा गुज्रने प्रक्रिया र त्यससँग सम्बन्धित वातावरण निर्माणमा जोड दिन्छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट