राप्ती, १५ फागुन ।
सामाजिक सेवामा समर्पित गरिमा कँडेल मेमोरियल ट्रस्टले पूर्वीचितवन लको राप्ती नगरपालिकामा एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । राप्ती नगरपालिका वडा नम्बर ७ मा एक कार्यक्रमको आयोजना गरी सेवा संचालनको उद्घघाटन गरीएको छ ।
राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले एम्बुलेन्स सेवा संचालनको उद्घघाटन गरेकी हुन् । उद्घाटन समारोहमा नगरप्रमुख बरालले कोभिड महामारीको अवस्थामा एम्बुलेन्स सेवाको आवस्यकता झनै बढीरहेको बेला यस नगरमा अपुग रहेको एम्बुलेन्स सुविधालाई ट्रष्टले संचालन गरेकोमा खुशी व्यक्त गरिन् । `नयाँ एम्बुलेन्स सेवा समाजसेवाको लागि कोसेढुङ्गा बन्नेछ ´ बरालले भनिन् ।
समारोहमा वडा नम्बर ७ र ८ का वडाध्यक्ष्यहरु सहित स्थानीय संघसंस्थाका प्रमुखहरुको उपस्थिति थियो । कार्यक्रमको अन्तिममा गरिमा कँडेल मेमोरियल ट्रष्टका अध्यक्ष डा. गंगाराम कँडेलले आफूले यस क्षेत्रमा एम्बुलेन्स सेवाको टड्कारो आवश्यकता देखी आपतकालीन अवस्थामा स्वास्थ्य सेवाको लागि बिरामीलाई समयमा अस्पताल पुर्याएर जीवन रक्षा गर्ने अपेक्षा सहित सेवा संचालन गरिएको जानकारी दिए । यहि अवसरमा क्यान्सरका बिरामीलाई विशेष सहुलियत दरमा सेवा प्रदान गर्नेगरि काम भैरहेको पनि उनले बताए । `बिरामी आएको ठाउँको आधारमा १००%, २५% र १०% सम्म छुट दिइने पनि उनले जानकारी दिए ।
गरिमा कँडेल मेमोरियल ट्रष्टले बिगत ५ वर्षदेखि क्यासर अस्पताल भरतपुरमा उपचाररत अति विपन्न बिरामीलाई आर्थिक सहयोग गर्दै आएको छ ।





