काठमाडौँ, १२ मंसिर ।
सन् १९९७ मा प्रदर्शन भएको फिल्म ‘कुली नम्बर वान’ को रिमेक प्रदर्शनमा आउने भएको छ । निर्देशक डेविड धवनको ४५ औं ‘कुली नम्बर वान’ मा अभिनेता वरुण धवन र अभिनेत्री सारा अली खानको अभिनय देख पाइन्छ । फिल्मको ट्रेलर शनिबार सार्वजनिक हुँदैछ । परेश रावलको समेत भूमिका रहेको यो फिल्म आगामी २५ डिसेम्बरमा फिल्म ओटीटी प्लेटफर्ममार्फत प्रदर्शन हुनेछ ।
फिल्ममा जावेद जाफरीको अभिनय हेर्न पाइनेछ । सन् १९९७ मा प्रदर्शनमा आएको उक्त फिल्ममा गोविन्दा, करिश्मा कपूर र कादर खानको जोडदार प्रस्तुति रहेको थियो ।





