नारायणगढमा रहेका पूर्वयुवराज पारस शाहको छातीमा समस्या, चिकित्सकको टोली होटलमै पुगेर उपचार गर्दै

भरतपुर, १० मंसिर ।
चितवनमा रहेका पूर्वयुवराज पारस शाहको छातीमा समस्या देखिएपछि चिकित्सकको टोली उनी बसेको होटलमै उपचारका लागि पुगेको छ । सोमबार दिउँसो भैरहवाबाट आफैले गाडी चलाएर चितवन आइपुगेका उनी नारायणगढस्थित होटल सेन्ट्रल पाल्ममा बसेका थिए ।

अपरान्ह छातीमा समस्या देखिन थालेपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मी नेतृत्वको टोली स्वास्थ्य सामग्रीसहित उपचारमा खटेको छ । डा.रेग्मीकाअनुसार पूर्वयुवराज शाह अहिले आराम गरिरहेका छन् । अहिले ईसिजी र रगत परीक्षणको तयारी भइरहेको रेग्मीले बताए ।
ईसिजी रिपोर्ट पछिको अवस्था हेरेर उनलाई अस्पताल लैजाने तयारी भएको अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले जानकारी दिए। ‘अस्पतालले उहाँको उपचारको सम्पूर्ण तयारी गरेको छ,’ देवकोटाले भने, ‘उहाँले केही समय होटलमै आराम गरेर हेरौं भन्नुभएको छ ।’

शाहमा मुटुसम्बन्धी पुरानो समस्या भएका कारण त्यही समस्या दोहोरियो कि भनेर सतर्कता अपनाइएको डा.रेग्मीले बताए । यस अघि पनि शाहलाई दुई पटकसम्म हर्टअट्याक भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट