दशकको उत्कृष्ट एसोसिएट क्रिकेटरको सूचीमा पारस खड्का पनि

भरतपुर, १० मंसिर ।

एसोसिएट देशतर्फको दशककै उत्कृष्ट किक्रेट खेलाडीको पुरस्कारका लागि नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का पनि मनोनयनमा परेका छन् । सो पुरस्कार क्रिकेटको सर्वाेच्च निकाय इन्टरनेशनल क्रिकेट काउन्सिल आइसीसीले खेलाडीले प्राप्त गर्ने मतका आधारमा प्रदान गर्ने भएको हो । आईसीसीले निकालेको एसोसिएट राष्ट्रतर्फको “आईसीसी मेन्स एसोसिएट प्लेयर अफ द डिकेड” मा ६ जनाको अन्तिम सूचीमा नेपालका पारस खड्का परेका हुन् ।

उनीसँगै स्कटल्यान्डका रिची बेरिन्टन, काइल कोट्जर र काइल मेकलोड पनि मनोनयनमा परेका छन् । त्यस्तै, पपुवा न्यू गिनीका असद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन पनि उत्कृष्ट एसोसिएट खेलाडीको सूचीमा पर्न सफल भएका छन् । आईसीसीले उत्कृष्ट खेलाडीको घोषणा भने डिसम्बेर १८ तारिखमा गर्नेछ ।

सन् २००४ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका पारसले सन् २००९ देखि २०१९ सम्म नेपाली टोलीको कप्तानी सम्हालेका थिए । त्यस बेला नेपाल लिग डिभिजन फाइभमा थियो । पारसको १० वर्षे कप्तानी यात्रामा नेपालले टिट्वान्टी विश्वकप मात्रै खेलेन बरु एकदिवसीय टोलीको मान्यता पनि प्राप्त गर्न सफल भयो ।

आइसीसीले उत्कृष्ट एसोसिएट टिमका पुरुष क्रिकेटरसँगै कूल १० विधामा खेलाडीको मनोनयन सार्वजनिक गरेको हो ।

Awards of the Decade: Coming soon

Your App for international cricket. The official ICC app provides coverage across all of the current international action including fixtures, results, videos, ICC news, rankings and more. Don’t miss a moment and keep up with the latest from around the world of cricket!

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट