काठमाडौं, ८ मंसिर ।
पूर्वमन्त्री चन्द्रदेव जोशीलाई विशेष अदालतले साधारण तारेखमा छाडेको छ । ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्व भूमिसुधारमन्त्री जोशी सोमबार विशेष अदालतबाट साधारण तारेखमा छुटेका हुन् ।
ललिता निवासको निर्णय हुँदा जोशीले मन्त्री पदबाट राजीनामा दिइसकेको भन्दै अदालतले उनलाई साधारण तारेखमा रिहा गरेको जानकारी उनका कानून व्यवसायी ललित बस्नेतले जानकारी दिए ।
२०७६ माघमा १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । त्यसमा पूर्व भूमिसुधारमन्त्री जोशीसमेत परेका थिए ।
जोशी २०६९ जेठ ३ देखि असोज ३ सम्म भूमिसुधारमन्त्री भएका थिए । त्यही बेला शमरजंग कम्पनीको नाममा रहेको जग्गालाई पशुपति टिकित्चा गुठीको नाममा सारियो ।
पूर्वमन्त्री जोशीमाथि उक्त जग्गालाई एक नामबाट अर्को नाममा सार्दा अमुक व्यक्तिलाई मोही बनाएर मन्त्रिपरिषद्मा सिफारिस गरेको अभियोग आयोगले लगाएको थियो





