रेशम विरहीको निबन्धसङ्ग्रह ‘सत्ता र स्वप्नदोष’ बजारमा

भरतपुर, ५ मंसिर ।
चितवनका अग्रज स्रस्टा रेशम विरहीको निबन्धसङ्ग्रह ‘सत्ता र स्वप्नदोष’ बजारमा आएको छ । ‘देब्रे आँखा’ नामक निबन्धसङ्ग्रहबाट चर्चामा रहेका रेशम विरही पत्रकारिता, कविता, उपन्यास र निबन्ध लेखनमा विगत चार दशकदेखि सक्रिय छन् ।

उनको निबन्धमा जिन्दगीका विविध बिसौनी र देउराली हुन्छन् । रेशम विरही यति ज्याद्रा लेखक हुन्, सत्तरीको भन्ज्याङ छुन लाग्दा पनि उनी कतै बिसाएनन्, हिँडिरहे, हिँडिरहे – अविश्रान्त हिँडिरहे । जीवनयात्रामा उनी रित्तै कहिल्यै हिँडेनन् । पिठ्यूँमा कहिले पत्रकारिता, कहिले कविता, कहिले उपन्यास र कहिले निबन्धका ढाकर बोकिरहे । समाज, व्यक्ति र राजनीतिलाई नजानिँदो पाराले घुच्याउने र विम्बका घुएँत्रोले चोटिलो निशाना दिनु उनको विलक्षण गुण हो । लोभ र प्रपञ्चका कित्ताभन्दा अलग्गै पहिचान बनाउने रेशमलाई साक्ष्यभावले उभिएको टापु भने हुन्छ ।

भाव र प्रभाव गरी दुई भागमा विभाजित निबन्धसङ्ग्रहमा २५ वटा निबन्धहरु रहेका छन् । शिखा बुक्सले बजारमा ल्याएको निबन्धसंग्रहको मूल्य ३२५ रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट