पुरानो मेडिकल कलेजमा कार्यरत एकको कोभिड-१९ संक्रमणका कारण मृत्यु

भरतपुर, ४ मंसिर ।

भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)को रेडियोलोजी विभागमा कार्यरत एक टेक्निसियनको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । ३५ वर्षीय ती पुरुषमा श्वासप्रश्वास तथा निमोनियासम्बन्धी समस्या देखिएको थियो । उनको उपचारका क्रममा बिहीबार दिउँसो करिब १ः४० बजे अस्पतालको आइसियू कक्षमा निधन भएको हो ।

भारतीय नागरिक समेत रहेका उनको स्वास्थ्यमा समस्या आएपछि गत कार्तिक २० उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालका व्यवस्थापक दुर्गा शर्माका अनुसार ती टेक्निसियनको स्वाब कार्तिक २२ गते परीक्षण गरिएकोमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट