कोरोना भाइरसबाट विश्‍वभर १२ लाख ५० हजार बढीको मृत्यु

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोभिड-१९ बाट हालसम्म १२ लाख ५० हजार ४९० व्यक्तिको मृत्यु भएको जोन हप्किन्स विश्‍वविद्यायलले आइतबार जानकारी दिएको छ ।

गत डिसेम्बरमा सुरु भएको कोरोना भाइरसबाट हालसम्म ४ करोड ९८ लाख ३५ हजार ८ सय ४७ व्यक्ति संक्रमित भइसकेका छन् । तीमध्ये ३ करोड ५५ लाख भन्दा बढीले कोभिडलाई जितेका छन् ।

सबैभन्दा बढी प्रभावित संयुक्त राज्य अमेरिकामा कोभिडबाट २ लाख ३७ हजार १ सय १३ जनको मृत्यु भएको छ । अमेरिकामा ९८ लाख ६० हजार ९ सय ५८ व्यक्ति संक्रमित बनेका छन् ।

अमेरिकापछि ब्राजिलमा १ लाख ६२ हजार २ सय ६९ व्यक्तिको कोभिडबाट मृत्यु भएको छ । यहाँ ५६ लाख ५३ हजार ५ सय ६१ कोरोना संक्रमित छन् । भारतमा १ लाख २६ हजार १ सय २१ जनाको संक्रमणबाट मृत्यु भएको छ । यहाँ ८५ लाख ७ हजार ७५४ संक्रमित भएका छन् ।

मेक्सिकोमा यस भाइरसका कारण ९४ हजार ८ सय ८ जनाको मृत्यु भएको छ भने ९ लाख ६१ हजार १३८ जना संक्रमित भएका छन् । बेलायतमा ४८ हजार ९ सय ७८ जनाको मृत्यु भएको छ भने ११ लाख ७४ हजार ७ सय ७० जना संक्रमित भएका छन् ।

चीनमा ९१ हजार भन्दा बढी व्यक्ति संक्रमित भए भने ४ हजार ७ सय ४१ जनाको मृत्यु भएको थियो ।(रासस/एएफपी)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट